Sunaulo Savings and Credit Co operative Ltd.

१८ औं वार्षिक साधारणसभा सम्पन्न

संस्थाको १८ औं बार्षिक साधारणसभा तथा छैठौं अधिबेशन सम्पन्न ।
आज मिति २०८२ साल पुस १८ गते शुक्रवार को दिन संस्थाका अध्यक्ष श्री टिकाराम सापकोटा ज्युको सभापतित्वमा सम्पन्न १८ बार्षिक साधारणसभा तथा छैठौं अधिबेशन बाट श्री जिवनराज सापकोटा ज्युको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समित र श्री लिला भट्टराई ज्यु को संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । सचालक समितीको उपाध्यक्ष पदमा श्री जगन्नाथ तिमिल्सिना , सचीवमा श्री ईश्वरी प्रसाद पौडेल , कोषाध्यक्षमा श्री गुणराज आचार्य , संचालकमा क्रमश श्री झबिलाल अधिकारी , श्री उमा देबि अधिकारी , श्री पार्बता पाण्डे , श्री झन्कनाथ पौडेल , श्री सुधा सुवेदी बराल साथै लेखा सुपरिबेक्षण समिति सदस्य पदमा श्री तारा प्रसाद गौतम र श्री श्रीकृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको छ । निर्वाचन कार्यक्रमलाई संस्थाका कानुनी सल्लाहकार र सल्लाहकार डम्बर बहादुर के सी ले सम्पन्न गराउनुभएको थियो ।
संस्थाका अध्यक्ष श्री टिकाराम सापकोटा ज्यु सभापतित्वमा संचालन भएको कार्यक्रममा सल्लाहकार द्द्य ले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको समुदघाटन गर्नु भएको थियो । संस्थाका उपाध्यक्ष श्री भोजकुमार श्रेष्ठ ज्युले सहकारीका ७ सिद्धान्त बाचन गरेर शब्द रुपी स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो भने संस्थाका सचीव श्री सोम बहादुर थापाले कार्यक्रमको संचालन गर्नु भएको थियो । यस अवसरमा आधारभुत तहमा आइशा क्रान्ति शर्मा र माध्यमिक तहमा भास्कार प्रताप श्रेष्ठ गरि २ जना बिद्यार्थीहरुलाई शैक्षिक पुरस्कार बितरण गरिएको थियो । उत्कृष्ट कर्मचारी पुरस्कार तर्फ रिसेप्सनिष्ट श्री अनिशा देवकोटालाई सम्मान गरिएको थियो भने उत्कृष्ट कारोबारी सदस्य तर्फ सदस्य द्द्य श्री शान्ता श्रेष्ठ र श्री बिष्णु माया सार्की लामिछानेलाई सम्मान गरिएको थियो । यसैगरी संस्थामा बिगत १० बर्ष देखि निरन्तर कार्यरत संस्थाका ब्यवस्थापक श्री गिरिधारी ढकाल र क्यासिअर श्री लक्ष्मी थापालाई दशक सेवा पदक बाट सम्मान गरिएको थियो । संस्थाका सल्लाहकार श्री डम्बर बहादुर के सी , श्री बच्चुराम तिवारी , कानुनी सल्लाहकार श्री दामोदर अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । यस अवसरमा संस्थाका अध्यक्ष श्री टिकाराम सापकोटाले सदस्यज्युहरुको जिज्ञासा्लाई स्पष्ट सहकारीको वास्तविक स्थिति र हालको सहकारीका गतिविधिहरु सहित स्पष्ट पार्नुभएको थियो भने ऋणसमिती संयोजक श्री जिवनराज सापकोटाले ॠण सम्बन्धित बिषयहरु स्पष्ट पार्नुभएको थियो । कार्यक्रममा सचिव श्री सोमबहादुर थापा ज्यु द्वारा प्रस्तुत सचिव को प्रतिबेदन , लेखा परिक्षण गरिएको लेखा परिक्षण प्रतिबेदन , कोषाध्यक्ष श्री लिला भट्टराई ज्यु द्दारा प्रस्तुत भावी बजेट सहित्को कोषाध्यक्षको प्रतिबेदन , लेखा संयोजक श्री ईश्वरी प्रसाद पौडेल ज्यु द्दारा प्रस्तुत लेखा सुपरिवेक्षण समितीको प्रतिबेदन सर्वसम्मत पारित गरियो । अन्त्यमा संस्था का अध्यक्ष एवं सभापति श्री टिकाराम सापकाटा ज्युले कार्यक्रममा उपस्थिति सम्पूर्ण पदाधिकारी , सल्लाहकार ज्युहरु , विभिन्न उपसमिति संयोजक एवं सदस्य हरु , संस्थाका मेरुदण्ड सम्पुर्ण उपस्थित सदस्य ज्युहरु लगायत सम्मानित एवं पुरस्कृत हुनु हुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्नुभएको थियो ।