सुनौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड

हाम्रो परिचय


सुनौलो बचत तथा ऋण सहकारी संस्था लि. सहकारी ऐन २०४८ अन्तर्गत सहकारी सिद्धान्त , मूल्य ,मान्यता र आदर्शप्रति प्रतिबद्ध भई स्थापना भएको संस्था हो। यस संस्था प्रतिष्ठित पर्यटन व्यवसायी, शिक्षा, उद्योग, व्यापार व्यवसायमा सफल तथा कुशल व्यवस्थापकद्वारा स्थापना भएको संस्था हो।

हाम्रो लक्ष्य

यस संस्थाको शेयर पूँजी रु. १,५०,००,०००।- (एक करोड पचास लाख) कायम गरिएको छ। आगामी दश बर्षमा रु. १५,००,००,०००।- (पन्ध्र करोड) सम्म वृद्धि गर्ने लक्ष्य लिएका छौ। हाम्रा सदस्यको उपलब्ध सीप, श्रम तथा पूँजीलाई उचित परिचालन गरि उत्पादन तथा रोजगारमूलक व्यवसायको स्थापना, संचालन, बिकास, बिस्तार एवम् प्रवर्द्दन गर्न आवश्यक पर्ने तालिम तथा वित्तीय साधन उपलब्ध गराई व्यवसाय बिस्तार तथा प्रवर्द्दन लागि सक्रिय रुपमा संलग्न भई सहयोग पुर्याउने यस संस्थाको मुख्य लक्ष्य रहेको छ।

हाम्रो उद्धेश्य

अन्तर्राष्ट्रिय सहकारीका मूल्य, मान्यता र सिद्धान्तका आधारमा यस संस्थासँग आवद्ध भएका सदस्यहरुको छरिएर रहेको स्रोत र साधनलाई एकिकृत गरि संस्थाको माध्यमबाट परिचालन गर्ने र मुलुकको बढ्दो आर्थिक सङ्कटबाट आफ्ना सदस्यहरुलाई सरल र सहज रुपमा निक्षप तथा ऋण कारोबारको सेवा प्रदान गर्ने, आफ्ना शेयर सदस्य, व्यवसायी र उद्यमीलाइ व्यवसायको प्रवर्द्धन गर्न, न्यून आय भएका उद्योग व्यापारी व्यवसायीहरुलाई आर्थिक स्तर वृद्धि गर्न आवश्यक वित्तीय साधन उपलब्ध गराई व्यापार, व्यवसाय, कृषि, पर्यटन र औद्योगिक विकासमा गतिशील बनाउन हामी प्रतिबद्ध छौं। नेपाल सरकारमा दर्ता ५५३/०६४/०६५ कास्कीमा दर्ता भएको यस संस्थामा संलग्न भई वित्तीय सेवा सुविधा लिन तपाईहरु सबैलाई हामी स्वागत गर्दछौं।

हाम्रा विशेषताहरु

  • पर्यटन व्यवसायी, शिक्षा, उद्योग, व्यापार व्यवसायबाट सफल तथा कुशल व्यवस्थापकद्वारा संचालित सहकारी संस्था
  • पारिवारिक वातावरण र मित्रवत व्यवहार
  • आकर्षक ब्याजदर
  • सहकारी सिद्धान्त, मूल्य र मान्यताप्रति प्रतिवद्ध
  • सरल र विश्वसनीय घरदैलो सेवा
  • कम समयमा सरल विधिबाट कर्जा प्राप्त गर्न सकिने
  • पूर्ण रुपमा कम्प्युटर पध्दतिबाट व्यवस्थित लेखा प्रणाली
  • घरजग्गा मुल्याङ्कन, निरिक्षण, तथा अग्रिम कर्जा भुक्तानी आदिको बहानामा कुनै थप शुल्क तिर्नु नपर्ने
  • कर्जा लिईसकेपछि नियमित किस्ता ब्याज बाहेक थप साँवा कर्जा भुक्तानी गर्दा कुनै शुल्क नलाग्ने अर्थात जति पनि कर्जा रकम भुक्तानी गर्न सकिने
  • यस क्षेत्रका सदस्यबाट सङ्कलित निक्षेप रकम यसै क्षेत्रका सदस्यहरुलाई प्राथमिकता दिई कर्जा प्रवाह गरिने